शाहलाई विश्वासको मत दिन सुदूरपश्चिममा काँग्रेसकाे ह्वीप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलकाे बैठकले ह्वीप जारी गरेकाे छ । यही साउन १५ गते बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले बिश्वासको मत लिन लागेकाले ह्वीप लगाइएकाे हाे ।

‘१५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरेको छ’ बैठकपछि एक नेताले बताए ।

बाग्मतीमा गुटबन्दीले आफ्नै दलका मुख्यमन्त्री बिरुद्ध अविश्वासकाे प्रस्ताव पेश गरेका काँग्रेस संसदले यहाँ के गर्लान हेर्न बाँकी छ । तर ती नेताका अनुसार सोमबार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको हाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.