धनगढी । कञ्चनपुरकाे झलारी बजारमा महेन्द्र राजमार्ग अवरुद्ध गरिएको छ। शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित जोशीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि क्षतिपूर्तिको माग गरेर स्थानीय आफन्तले बिहानैदेखि सडक अबरुद्ध गरेका हुन् ।
परिवारका सदस्य तथा आफन्तहरूले प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवानहरू सिद्धराज जोशी र अमित भट्ट सवार बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताएका छन्। उनीहरूले आइतवार बिहानदेखि राजमार्ग बन्द गरेका हुन्।
कञ्चनपुर प्रहरीले आफन्तहरूसँग छलफल जारी रहेको बताएको छ।