सुदूरपश्चिममा सदन खाेल्ने सहमतिप्रति सांसद भाटकाे असन्तुष्टी

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सञ्चालन गर्नका लागि सत्तारुढ र प्रतिपक्ष दलबिच सहमति भएको छ। अघिल्लाे अधिवेशनदेखि अवरुद्ध गर्दैआएकाे प्रतिपक्षी एकाएक सुचारु गर्न तयार भएकाेप्रति सांसद ओमबिक्रम भाट सरलले भने सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टी पाेखेका छन् ।

उनले  केन्द्रमा भिजिट भिसा प्रकरणमा सदन अवरुद्ध भैरहेको बेला नेपाली राजनीति तातेको भन्दै सुदूरपश्चिम प्रदेशमा अडियो प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दै प्रतिपक्षी दलहरुले लामोसमय सदन अवरुद्ध गरिरह्यो । यसमा कुनै ठाेस कदम बिनानै सत्तापक्षसँग सहमती गरिनु संसद भनेको खसिको टाउको देखाएर बंगुरको मासु बेच्ने थलै रैछ भन्ने फेरि पुष्टि गरेकाे आराेप लगाएका छन् ।

एउटा मन्त्रीलाई पदच्युत गरेर पुरै खेलमा पर्दा हालिएकाे भन्दै पुर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद भाटले यस प्रकरणबाट मुख्यमन्त्री आफु जाेगिन संसदहरुलाई बजेट दिन तयार भएकाेले सहमति भएकाे हुनसक्ने आशंका ब्यक्त गरेका छन् । उनले न यसरी सुशासन कायम हुन्छ न प्रदेश नै बन्छ भन्दै सायद यस्तै यस्तै कारणले व्यवस्था माथि प्रश्न उठिरहेको बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.