धनगढी । सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुर डाेटी बाजुरा बझाङ र दार्चुलामा रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष सहित चारवटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने माओवादी नेता जनक बुढाले जानकारी दिए । बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा राजुकुमारी विक रचनालाई उठाएको छ । सुर्मा गाउँपालिका–४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका–६(डोटी)मा देवीलाल थापालाई उठाएको छ ।
यसैगरी दुहुँ गाउँपालिका–५(दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६ (कञ्चनपुर) मा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए ।