धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
नेकपा एमालेकाे समर्थनमा साउन २६ गते काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको उनलाई बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ गरि २९ सांसद हुँदा हुँदै उनलाई नागरिक उन्मुक्ति पार्टीका ७ जनाले मत दिने देखिन्छ ।
यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११-११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।