माओवादी केन्द्र सुदूरपश्चिम दलकाे प्रमुख सचेतकमा गीतादेवी माल

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् । आज मंगलबार बसेको संसदीय दलकाे बैठकले प्रदेश सभा सदस्य गीतालाई प्रमुख सचेतकमा चयन गरेकाे सो दलका उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामी दलकाे नेता भएदेखि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल समेत रहेकाे माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

प्रमुख सचेतकमा नियुक्त सांसद गितादेवी मालले यसअघि मुख्यमन्त्री कमलबहादुर शाहकाे नेतृत्व कालमा उधाेग पर्यटन वन तथा बतावरण मन्त्रालयमा राज्यमन्त्रीकाे जिम्मेवारी सम्हालेकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.