धनगढी। सुदुरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागी दावी पेस गर्न प्रदेश प्रमुख नजिर मियाले आवह्वान गरेका छन् । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजिनामा दिएपछि नयाँ मुख्यमन्त्रीका लागी दावी गर्न आवह्वान गरिएको हो ।
प्रदेश प्रमुख मियाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई सबिंधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका हुन् । साउन २० गते साझँ ५ बजेसम्म दावी पेस गर्न प्रदेश प्रमुख मियाले आवह्वान गरेका छन्।
काँग्रेंस-एमाले सत्ता समिकरण अनुसार सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली काग्रेंसको भागमा परेको छ । यहाँ काग्रेंसबाट निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाह, पुर्व मन्त्री प्रकाश देउवा, नेता देवान सिहं बिष्ट, बहादुर सिहं थापा मुख्यमन्त्रीका लागी दौडमा छन् । यद्यपी नेपाली काग्रेंस केन्द्रले कुनै निर्णय गरेको छैन ।
केन्द्रको निर्णय अनुसार सर्बसहमतीमा सुदुरपश्चिमको मुख्यमन्त्रीका लागी काग्रेंसबाट दावी पेस हुने संसदीय दलका नेता कमल बहादुर शाहले बताए ।