धनगढी । आफैले चलाइरहेकाे साइकलबाट लडेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले बताएको छ।
मंगलबार साँझ करीब ६ बजेतिर भएकाे घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।