धनगढी । कैलालीबाट भारतसँगका सीमा नाका आज साँझ ६ बजेबाट तीनदिन बन्द हुने भएको छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुन गइरहेको लोकसभा निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर कैलालीबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 