कैलालीबाट भारतसँगका सीमा नाका आजबाट तीनदिन बन्द

धनगढी । कैलालीबाट भारतसँगका सीमा नाका आज साँझ ६ बजेबाट तीनदिन बन्द हुने भएको छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुन गइरहेको लोकसभा निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर कैलालीबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 01bfda31_d1d7_4b6a_b88b_6616254d7386.jpeg

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.