मुख्यमन्त्री सोडारीले विश्वासको मत खोज्दा सत्तापक्ष र विपक्षीमा असन्तुष्ट

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी गर्दा पाउने/नपाउने निश्चित बातावरण बनेको छैन। यसअघि मुख्यमन्त्रीमा दावी गर्दा समर्थन गरेको एमाले प्रस्ट देखिएको छैन बिपक्षी काँग्रसले बिरोध जनाउदै सांसद बैठक अबरुद्ध गर्ने बताएको छ ।

सत्ता साझेदार दलमा छलफल नै नगरी विश्वासको मत लिने तयारी गरेपछि एमालेमा असन्तुष्टि बढ्दै खटपट सुरु भएको छ। ‘छलफल र सहमतिविनै उहाँहरूले विश्वासको मत लिने भनेर बैठक बोलाउनु भएछ। तर, हामीलाई थाहा नै छैन’, एमाले सुदूरपश्चिम प्रदेश एक सांसदले भने, ‘हामी छलफलमै छौ, छलफल नै नगरी बोलाएको बैठक सर्न सक्छ।

‘अहिले विश्वासको मत दिन हतार गर्नुपर्दैन’, अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षकै सन्देश यस्तो आएपछि हामीले मत दिने कुरा भएन ।’ सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मतबारे कुनै निर्णय भैनसकेको बताए ।

उता, असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । प्रदेशसभा सचिवालयले आज शुक्रबार बेलुका ५ बजे सोही प्रयोजनका लागि प्रदेशसभा बैठक बस्ने सूचना जारी गरिसकेको छ।अहिले बिहान ८ बजे कार्य व्यवस्थापन समितिको बैठक बस्दै छ । 

माओवादी केन्द्रले भने मुख्यमन्त्रीको पक्षमा मत दिन ह्वीप जारी गर्न ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.