बझाङमा एमालेको अग्रता कायमै

धनगढी । बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७५७ मतसहित अग्रता लिएका हुन् ।

त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३८० र नेकपा माओवादीका जनकबहादुर बुढाले २२६ मत ल्याएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याएर चौथो स्थानमा रहेका छन भने किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् ।

छविसपाथिभेरा गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा यस्तो नतिजा आएको हो। अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.