Dashain Suvakamana

‘सरकार परिवर्तनले जनतामा आशा-अपेक्षा बढाएको छ’ मुख्यमन्त्री सोडारी

Ajai

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकार परिवर्तनले जनतामा आशा-अपेक्षा बढाएको बताएका छन्। कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तह न्यायिक समितिका पदाधिकारीका लागि न्याय निरुपण सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो अवस्थामा जनताको अपेक्षा पुरा गर्न जनप्रतिनिधिको ठुलो भूमिका रहने बताएका हुन्।

न्याय निरुपण लगायतका जनतालाई सेवा र न्याय दिन स्थानीय तहका उपप्रमुखको ठुलो भूमिका रहने भन्दै उनले जनताका कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेमा आफूले सोचिरहेको बताए। स्थानीय र प्रदेश सरकारबिच समन्वय गर्ने निकायको अभाव छ भन्ने सुन्दै आएको थिएँ । तर, मुख्यमन्त्री कार्यालय अन्तर्गत नै प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रहेछ अब यसलाई झन प्रभावकारी बनाउन आफ्नो सहयोग रहने मुख्यमन्त्री सोडारीले बताए ।

फरक प्रसंगमा उनले निर्वाचन प्रणालीले गर्दा सरकार स्थिर नहुँदा काम गर्न समस्या भएको बताउँदै सुदूरपश्चिम प्रदेशमा समेत झण्डै १६ महिनाको अवधिमा आफू तेस्रो मुख्यमन्त्री भएको बताए। हरेक परिवर्तनले जनताका आशा, अपेक्षा गरे पनि शासन पद्धतिले त्यस्तो अपेक्षा पूरा नभएको बताउदै निर्वाचन प्रणालीमा शंसोधन गरेर भए पनि जनतालाई आशावादी बनाएर स्थायी सरकार बनाउनु पर्ने उनले बताए ।

कार्यक्रम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र वमको अध्यक्षतामा भएको थियो।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.