Dashain Suvakamana

सुदूरपश्चिम सरकार नछाडे कारवाही गर्ने अध्यक्ष रञ्जीताको चेतावनी

Ajai

धनगढी। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।

संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउदै, नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन् । ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’ अध्यक्ष रञ्जीताले शुक्रबार पठाएको पत्रमा उल्लेख छ ।

उन्मुक्तिको चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिदै उन्मुक्तिका दुई जना बिना विभागीय मन्त्रीहरुले विहीबार मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.