चेक अनादर गरि ठग्ने धनगढीकी बिस्ना सहित १०६ जना पक्राउ

धनगढी। जिल्ला प्रहरी प्रहरी कैलालीले एक महिना अवधीमा १ सय ६ जना फरार प्रतिबादी पक्राउ गरेको छ । सो अवधीमा विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका धमाधम प्रतिवादी पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ ।

यसै क्रममा बुधबार चेक अनादर मुद्दामा अदालतबाट १ हजार जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका-१ बस्ने बिस्ना भनेर चिनिने विष्णु गोतामेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए। उनले कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-८ का बसन्त रानालाई पनि हिजो नै पक्राउ गरिएको जानकारी दिए । 

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका यी दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बिष्टले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.