धनगढी। जिल्ला प्रहरी प्रहरी कैलालीले एक महिना अवधीमा १ सय ६ जना फरार प्रतिबादी पक्राउ गरेको छ । सो अवधीमा विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका धमाधम प्रतिवादी पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ ।
यसै क्रममा बुधबार चेक अनादर मुद्दामा अदालतबाट १ हजार जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका-१ बस्ने बिस्ना भनेर चिनिने विष्णु गोतामेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए। उनले कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-८ का बसन्त रानालाई पनि हिजो नै पक्राउ गरिएको जानकारी दिए ।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका यी दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बिष्टले जानकारी दिए।