धनगढी । माओवादी भित्रको असन्तुस्टी छताछुल्ल पोखिएकोबेला सुदूरपश्चिममा पार्टीको प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्न आजै धनगढी पुगेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीभित्रको समस्याबारे सवैसंग बुझेर समाधान खोज्ने आफ्नो प्रयास रहने बताएका छन् ।
स्थायी समितिले भर्खरै कार्यविभाजन गरेकोप्रति असहमति जनाइरहेका खगराज भट्टसँग सबभन्दा पहिले भेटेर काम सुरु गर्ने उनले बताए । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।
जसअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य विना मगरलाई जिम्मेवारी तोकिएको छ।