धनगढी। आफू माथि अन्याय भएको जिकिर गर्दै प्रदेश सरकारमा रहेका माओवादीका मन्त्री सहित प्रचण्ड कहाँ पुगेका खगराजले रोइकराई गर्दापनि कुनै सुनवाही भएन । बहुमत प्रदेशसभा सदस्यहरूले सुदूरपश्चिममा आफूलाई माओवादी दलको नेताबाट हटाएको भन्दै थमौती गरिदिन आँशु चुहाएका उनको कुरामा प्रचन्डले साथ नदिएपछि सपना सबै हुरीले …गीत झैँ भएको हो ।
अघिल्लो शुक्रवार माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए। यहि बिषयलाई माओवादी स्थायी कमिटी सदस्य समेत रहेका भट्टले आफू माथि अन्याय भएको जिकिर गर्दै प्रचण्डलाई भनेका थिए- ‘मेरो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाए, मेरो र परिवारको इतिहास नै नामेट गरिदियो, कसरी फर्कु ।’
माओवादी अध्यक्ष प्रचण्डले खगराज भट्टलाई अन्याय हुन नदिने भन्दै यस विषयमा दुबै पक्षसँग बसेर छलफल गरेर निकास दिने मात्रै बताए । ‘एक जना पनि बनाउन नसक्नेलाई कसरी साथ दिऊ’ प्रचण्डको भनाई उद्रित गर्दै स्रोतले भन्यो- ‘प्रचन्डले साथ नदिएपछि खगराज आँशु चुहाउदै फर्के।
चुनाबताका भाबी मुख्यमन्त्रीको हवाला दिदै भोट मागेका उनले लेखराज अर्को पार्टीमा गएपछि सुदूरपश्चिममा पार्टीलाई प्राइभेट कम्पनी बनाएको भन्नेको पनि कमि छैन।