मुख्यमन्त्री शाहले विभिन्न ११ शीर्षकबाट लिन्छन् लाखौंको सुविधा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले मासिक तलबकासाथै विभिन्न ११ शीर्षकबाट लाखौंको सुविधा लिने गरेका छन्। उनको मासिक तलब मात्रै ७१ हजार रुपैयाँ छ, जुन अन्य प्रदेशका मुख्यमन्त्री भन्दा बढी हो । लुम्बिनीका मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ मात्रै पाउँछन्।

मुख्यमन्त्री शाहले ७१ हजार रुपैयाँ मासिक पारिश्रमिक अलावा मासिक २५० लिटर पेट्रोल र दैनिक भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार ५०० रुपैयाँ तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पुस महिनामा मात्र तीनवटा गाडीको इन्धनबापत एक लाख रुपैयाँ बराबर इन्धनको भुक्तानी प्राप्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

साथै अतिथि सत्कारका लागि मुख्यमन्त्रीलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराइन्छ । मुख्यमन्त्री आवासमा प्रयोग हुने बिजुली र खानेपानीको बिल जति आएपनि भुक्तानीको व्यवस्था गरिएको छ । आवास, फर्निचर र यस अतिरिक्त मुख्यमन्त्रीलाई सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) बापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.