पाहुनाको रोजाइमा थारु परिकार ढिक्री र सिन्की

धनगढी। कैलाली जिल्लाको भादामा सञ्चालित थारू होमस्टे (घरबास) भ्रमणमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले थारू भाषामा ‘महिन आकुर सिन्किक् टिना देऊ’ (सिन्कीको तरकारी अझै दिनुहोस्) भने। थारू समुदायको रैथाने परिकार ढिक्री र सिन्की आफ्नो मन पर्ने परिकार भएकाले थपेर खाएको भनाइ उनको छ ।

थारू भाषा तथा संस्कृतिसँग चिरपरिचित मुख्यमन्त्री शाहका लागि थारू परिकार कुनै नौलो चिज थिएनन् । तर ढिक्री र सिन्की परिकारको स्वादको पारखी भएकाले थपेर खान करै लागेको उहाँ बताउनुहुन्छ । ढिक्री र सिन्की विशेष गरेर चाडपर्वका बेला बनाइने परिकार हुन । थारू होमस्टे भादामा यही परिकार सदाबहार र सबैको रोजाइमा पर्ने गरेको छ ।

होमस्टे पुगेका अधिकांश पाहुना तथा आगन्तुकको पहिलो रोजाइ तथा खुराक नै ढिक्री र आलु सिन्कीको तरकारी हुने गरेको बताइन्छ । नास्ताका रूपमा पनि ढिक्री र सिन्की खुवाइने गरिएको छ । चामलको पिठोबाट बनेको ढिक्री र गाउँमै उत्पादित आलुबाट बनेको सिन्कीको तरकारी अर्गानिक रहेको भादाका होमस्टे सञ्चालक बताउँछन् ।

मुख्मन्त्री शाह मात्रै हैनन पहिलो पटक भादा गाउँ पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राईले थारू समुदायको खानाको परिकार अन्य समुदायको भन्दा छुट्टै रहेको उल्लेख गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.