गैरआवासीय नेपाली उपकुलपति हुन नपाउने

धनगढी । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा गैरआवासीय नेपालीले पनि नियुक्ति पाउन सक्ने प्रस्तावलाई उल्ट्याइएको छ । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उपकुलपतिमा गैरआवासीय नेपालीसमेत हुन सक्ने प्रस्ताव सो विश्वविद्यालयसम्बन्धी विधेयकमा गरेको थियो । 

समितिका पदाधिकारीबिच सहमति भएपछि गैरआवासीय नेपालीलाई उपकुलपतिमा प्रतिस्पर्धा गर्न सक्ने नभई विश्वविद्यालयको प्राज्ञिक हैसियत मात्र दिने गरी विधेयकमा उल्लेख गरिएको छ । समितिकी सभापति जयन्तीदेवी राईले भनिन्, “गैरआवासीय नेपालीसमेत उपकुलपति हुन सक्नेमा छलफलका क्रममा मतैक्यता भए पनि सर्वसम्मतिबाट त्यस्तो व्यवस्था हटाइयो ।”

समितिले विधेयकलाई अन्तिम रूप दिइसकेको छ । समितिका उपसचिव नुमराज खनालले गैरआवासीय नेपालीलाई व्यवस्थापकीय जिम्मेवारी नदिने समितिको निर्णयबमोजिम प्रतिवेदनलाई अन्तिम रूप दिएको बताए। समितिको मङ्सिर २२ गतेको बैठकमा उपकुलपति नियुक्त हुन ‘स्वदेशी वा विदेशी व्यक्ति’ उल्लिखित शब्दलाई हटाएर योग्य व्यक्ति राख्ने सहमति भएको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.