‘सुशासनमा जोड दिऊ, समृद्धि आफै आउन्छ’ मन्त्री साउँद

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले सुशासनमा जोड दिएर काम गरे समृद्धि आफै आउने बताएका छन् । आईतबार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय सुशासन सहयोग कार्यक्रममा स्थानीय तहको स्वःमुल्याङ्न र वित्तिय जोखिम मुल्याङ्न सम्बन्धि समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साउँदले सोकुरा बताएका हुन् ।

राजनैतिक व्यबस्था परिवर्तनपछि जनताका ईच्छा, आँकक्षा स्वभाविकरुपले बढेर गएको सन्दर्भमा पुरानै ढर्राको काम गराइले सोचेजस्तो परिर्वतन आउन नसक्ने र व्यबस्थामाथि जनतामा असन्तुष्टी बढ्दै जने खतरा रहेको बताए । May be an image of 8 people and tableउनले यस अवस्थामा जनताको नजिक रहेको स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै सुशासनमा जोड दिन आग्रह गरे ।

तीन तहकै जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो दायीत्व र जिम्मेवारी बोधकासाथ सुशासनमा जोड दिए वित्तिय जोखिम पनि कम हुने र समृद्धि आफै आउने उनको भनाई थियो । यस्तै, सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा. हरीप्रसाद लम्सालले संविधान र कानूनले निर्देशित काम गर्न कसैले कसैलाई नरोक्ने बताए ।

कार्यक्रममा सहभागी स्थानीय जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखले कार्य क्षेत्राधिकार स्पष्ट नहुँदा आफुहरु निस्कृयझैँ बस्नुपरेको गुनासो गरेका थिएभने स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारले कानून नवनाउँदा आफ्ना केही एकल अधिकार पनि सही हिसावले कार्यान्यनमा ल्याउन गाह्रो भैइरहेको बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.