धनगढीे । जनताको बलिदानी र लामो संघ्रर्षपछि प्रप्त संवैधानीक उपलब्धिको रक्षार्थ सरकारसँगै नागरीक समाज उठ्नुपर्ने बेला आएको सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।
आइतबार धनगढीमा आयोजित गणतान्त्रिक प्रगतिशिल कानून व्यबसायी एसोसिएसन नेपालको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । राजनीतिक दललाई पनि डो¥याएर यो व्यबस्था ल्याउन अग्रणी भूमिका खेलेको बार एसोसिएसन र पत्रकार महासंघ लगायतका जनताप्रति उत्तरदायी संस्थाहरु अहिले चुपचाप रहेकोप्रति आश्रय व्यक्त गर्दै उनले उपलब्धिहरुको रक्षा गर्न एकपटक पुनः उठ्नुपर्ने बेला आएको बतए ।
दुर्गा प्रसाई लगायतकालाई इञ्गित गनजतार्दै भट्टले भने–’हिजो यो राज्य ब्यवस्था ल्याउन जस्को कुनै योगदान थिएन ऊनै संविधान विपरित चर्को स्वरमा गाली गलोचमा उत्रेको छ ।‘ राजनीतिक दलहरुले आफ्ना कमि कमजोरी सच्याउदै एकपछि अर्को गरी संबिधान मिच्नेलाई कानूनी कठ्घरामा ल्याउन सक्नुपर्ने उनले बताए ।
सम्मेलन सफलताको शुभकामना व्यक्त गदै सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्य न्यायाधिबक्ता कुलानन्द उपाध्यायले सबैधानिक जटिलता हटाएर जनअपेक्षा अनुसार कानूनलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय महासचिव अञ्जिता खनालले गठबन्धन सरकारको मान्यताअनुसार कानूनलाई ट्याकमा हिडाउन नेपाल बार लागिपरेको बताए ।
अधिबक्ता एवं संविधानसभा सदस्य हरी श्रीपाईलीले संघीयताको मर्मअनसार सामाजिक र समावेशीधारका कानून कार्यान्वयनमा ढिलाई हुँदा परिर्वतनकार्मी जनसमुदाय पनि ढुलमुलमा रहेकाले सरकारले कानून कार्यान्वयन ल्याउनुपर्ने बताए । सर्वसधारण जनताको घरमा कानून नपुगेको उनको जिकिर थियो ।
नयाँ नेतृत्व चयन गर्ने उक्त सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौंवटै जिल्लाबाट प्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।