Dashain Suvakamana

प्रदेश सरकाले भुकम्प पिडीत घाइतेको उपचार गर्ने

Ajai

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भुकम्प पिडीत घाइतेको सम्पूर्ण उपचार बेहोर्ने भएको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, तीनवटै सुरक्षाकर्मीका प्रमुख, रेडक्रस, युएन एजेन्सीसहितको बैठकमा यस्तो निर्णय भएको हो ।

मंगलबार बझाङमा गएको भुकम्पले सुदूरपश्चिम प्रदेशमा पुराएको क्षतिको एकिन तथ्याङ्क लिन, घाइतेहरुको तदारुकताकासाथ उपचार गर्ने, उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले ब्यहोर्ने, क्षति भएका भौतिक संरचनाको क्षतिको एकिन बिबरण सकलन गर्ने, पीडितहरुलाई क्षतिपूर्ति र राहतको उचित ब्यवस्थापन गर्न बैठकले विषयगत मन्त्रालयमार्फत सरोकारवाला सबैसँग आग्रह गर्ने निर्णय गरेको भौतिक पूवाधार बिकासमन्त्री प्रकाशवहादुर देउवाले जानकारी दिए ।

उनकाअनुसार यस्तै सुख्खा पहिरो गएर अबरुद्ध भएको सडक तत्काल सञ्चालनमा ल्याउन तथा भत्किएका घरहरुका मानिसहरुलाई तत्काल खान, बस्न र पुर्नस्थापना गर्नुपरे सो कार्यमा सरकार र सरोकारवाला संघ संस्थाहरु तदारुकताका लाग्ने निर्णय भएको छ ।

मंगलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको र ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भुकम्प जाँदा बझाङमा मात्रै १ जनाको मृत्यु र २७ जना घाईते भएको, यस्तै ६४ घरमा पूर्ण क्षति, २७७ घरमा आंशिक र ९ वटा सरकारी कार्यालयमा क्षति भएको प्रारम्भिक बिवरण आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.