‘दुर्गमका जनताको शिक्षामा सरकार थप संवेदनशील छ’ मन्त्री साउँद

बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले नागरीकको शिक्षा, स्वास्थ्य लगायताका अधिकारलाई संविधानले नै मौलिक हकमा समेटेकाले प्रदेश सरकार त्यसलाई पूर्ण कायान्वयन गर्न लागिपरेको बताएका छन् ।

May be an image of 8 people, temple and textमंगलवार बझाङको केदारस्यु-७, काडाँचौरमा रहेको सुर्मा भवानी माध्यमिक विधालयको ३१ औ बाषिकोत्सव कार्यक्रममको उद्घाटन गर्दै मन्त्री साउँदले यस्तो बताउनुभएको हो । शिक्षा स्वास्थ्यसँगै जनतालाई आय आर्जन मुलक स्वरोजगार बनाउन सरकाले नयाँ नयाँ कार्यक्रम तथा योजना ल्याएको भन्दै उनले त्यसमा सहभागिता जनाउन आग्रह गरे । यी विभिन्न योजनामा सरकारले प्रदेशका दुर्गम गाउँ बस्तिलाई प्राथमिकता दिने समेत उनको भनाई थियो ।

विधालयको भौतिक तथा शैक्षिक विकासमा आफ्नो मन्त्रालय सकारात्मक रहेको बताए । विधालयको उक्त वार्षिकोत्सब कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका प्रदेश सचिब जनक बुढाको उपस्थिति रहेको थियो ।May be an image of one or more people and crowd

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.