बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले नागरीकको शिक्षा, स्वास्थ्य लगायताका अधिकारलाई संविधानले नै मौलिक हकमा समेटेकाले प्रदेश सरकार त्यसलाई पूर्ण कायान्वयन गर्न लागिपरेको बताएका छन् ।
मंगलवार बझाङको केदारस्यु-७, काडाँचौरमा रहेको सुर्मा भवानी माध्यमिक विधालयको ३१ औ बाषिकोत्सव कार्यक्रममको उद्घाटन गर्दै मन्त्री साउँदले यस्तो बताउनुभएको हो । शिक्षा स्वास्थ्यसँगै जनतालाई आय आर्जन मुलक स्वरोजगार बनाउन सरकाले नयाँ नयाँ कार्यक्रम तथा योजना ल्याएको भन्दै उनले त्यसमा सहभागिता जनाउन आग्रह गरे । यी विभिन्न योजनामा सरकारले प्रदेशका दुर्गम गाउँ बस्तिलाई प्राथमिकता दिने समेत उनको भनाई थियो ।
विधालयको भौतिक तथा शैक्षिक विकासमा आफ्नो मन्त्रालय सकारात्मक रहेको बताए । विधालयको उक्त वार्षिकोत्सब कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका प्रदेश सचिब जनक बुढाको उपस्थिति रहेको थियो ।