सेती अस्पताल जलमग्न, बिरामीको बिजोग (फोटो फिचर)

धनगढी। सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ । आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो । अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डमा पानी भरिएको छ ।

एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको छ। अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका गाइने वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डंगौराले बताए । ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् ।

यसै गरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ ।

वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ । वर्षाको पानी घरमा समेत पसेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.