
लम्की, कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले कैलालीको कर्णाली पुलदेखि महाकाली गड्डाचौकीसम्मको पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गरिने बताएका छन् । लम्कीचुहा उद्योग बाणिज्य संघको छैटौं बार्षिक साधारण सभा आज भब्य समारोहका बिच उदघाटन गर्दै मन्त्री साउँदले संगसंगै लम्कीमा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने पहल आफुले गरिरहेको बताएका हुन् ।
प्राकृतिक रुपले भरीपूर्ण लम्कीचुहा क्षेत्रको विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको औल्याउदै व्यपार ब्यावसायिले उठाईरहेका हरेक मुद्धामा प्रदेश र संघिय सरकार गम्भीर रहेको बताए । यस्तै लम्कीचुहा अस्पताललाई प्रादेशीक अस्पताल बनाउन अब केही समयमा काम शुरु हुने बताए । लम्कीमा ट्रमा सेन्टर, डुडेझारीमा औद्योगिक क्षेत्र बनाउनको लागि आफुहरु प्रयासरत नै रहेको बताउदै सुदुरपश्चिमलाई खाध्यान्नमा आत्म निर्भर बनाउन समेत विशेष योजना प्रदेश सरकार ल्याउन लागेको उनको भनाई थियो।
कार्यक्रममा लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईले लम्कीमा यातायात, बाणिज्य कार्यालय ल्याउनको लागि आवश्यक सहयोग गरी दिन समेत आग्रह गदै लम्कीचुहा उद्योगबाणिज्य संघको भवन निमार्णको लागि आवश्यक सहयोगको अनुरोध गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लम्कीचुहा लगायत यस क्षेत्रको समग्र विकास, बजार ब्यवसायीहरुलाई परेको समस्या, बजार ब्यवस्थापन लगायतका बिषयमा आफ्ना कुरा राखेका थिए ।
पछिल्लो समयमा बढ्दै गएको ब्यापारघाटा चुनौतिको रुपमा देखिएको बताउदै उनीहरुले ब्यावसासयि तथा ब्यापारीका समस्यालाई समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
