सुदूरपश्चिमको बजेट शनिबार राती बहुमतले पारित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास भएको छ । शनिवार राति स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी तयार पारेको बजेट पारित गरिएको हो । 

बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक परेको थियो । पक्षमा कांग्रेसका १८, माओवादीका १०, नागरिक उन्मक्तीका सात र एकीकृत समाजवादीका चार जनाले मतदान गरेका थिए । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएको, सभामुख, उपसभामुखले मतदानमा भाग लिएनन् भने एमालेका ९ जना र एक स्वतन्त्रले बैठक बहिस्कार गरेका थिए ।

 अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.