
धनगढी । आगामी आर्थिक वर्षकालागि सुदूरपश्चिम प्रदेश सरकाले सार्वजनिक गरेकाे बजेटमाथि सर्वत्र बिराेध भैइरहेका बेला प्रदेशकै प्रथम मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सरकारले ल्याएकाे बजेटलाई ‘भ्रष्टाचारकाे पुलिन्दा’ भएकाे बताएका छन् । उनले विगतकाे सरकारले चालु गरेका गाैरबका याेजना लथालिङ पार्ने गरेकाेले हाम्राे अर्थनीतिलाई माथि उकास्ने खालको नभएको दाबी गरे ।
विगतमा सरकारले पञ्चबर्षिय याेजना तयार पारेर समृद्ध सुदूरपश्चिकाे खाका बनाएकाे भन्दै पुर्वमुख्यमन्त्री भट्टले त्यसलाई बेमतलव गरी ल्याइएकाे याे बजेट, बजेट जस्ताे नभएकाे बताए । उनले भने- ‘विगतमा कमजाेरी भएकाे देखाउन स्थानीय तहबाट माग गर्ने भन्याे, अनियमिततालाई सुन्यमा झर्ने भन्दै हिडे तर, न स्थानीय तहका याेजना परे नत मन्त्री सांसद कै, बजेट खाली एक दुई जना मन्त्री र कर्मचारीकाे वरीपरी थुपारीएकाेले अनियमितताकाे गन्ध प्रस्ट भएकाे उनले बताए ।
‘जहाँ मन्त्रीले कार्यकर्ता पाेसेर खाने र कर्मचारीले काेटेशनकाे नाममा पैसा असुल्ने बाहेक सुदूरपश्चिमेलीकाे जन जीविका उकास्ने खालकाे केही छैन ।’ स्थानीय तह वा जनप्रतिनिधी मात्रै बजेटबाट बन्चित नभएर लक्षित वर्ग, समुदाय, रणनीतिक महत्वका याेजनाहरु सबै बिमुख पारिएकाे उनकाे भनाई थियाे ।
बजेटकाे सैद्धान्तिक नीति र विधि प्रस्टाउदै उनले भने ‘बजेट बनाइने भनेकै राजनीतिक र प्रशासनीक नेतृत्वकाे साझा सहकार्यमा हाे तर, राजनीतिक नेतृत्वलाई प्रशासनले गुमराहमा राखेकाे देखियाे ।’ कतिपय ठाउँमा मन्त्रीहरुमा नै अनवितज्ञ देखिएकाे उनले बताए । नेतृत्व फरक भएपनि हिजाे यीनै दलहरुकाे सरकार थियाे । हिजाेकालाई दाेष देखाउनमै जाँदा आफुहरु महादाेषकाे भगालाेमा फसेकाे उनकाे भनाई छ।
उता सरकारमै सहभागी मन्त्रीदेखि सत्तापक्षकै सांसदहरुले बजेटकाे बिराेधमा सामाजिक सञ्जाल फेसबुकमा कालाे किताब भनेका छन् । स्थानीय तहका जनप्रतिनिधीले आफुहरुलाई बेकुफ बनाइएकाे भन्दै ज्ञापनपत्र बुझाएकाे छभने अपाङ्गता भएका नागरीकहरु मन्त्रालयमा ताला लगाउने र आमरण अनसन बस्ने गरी पत्रकार सम्मेलन मार्फत आन्दाेलनमा उत्रेका छन् ।
