
धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । आजकाे बैठकमा सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
‘हुन्छ भन्ने माननिय सदस्यहरुभन्दा हुन्न भन्ने माननिय सदस्यको संख्या न्यून देखिएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख भण्डारीले भने । अव पारित नीति तथा कार्यक्रम अनुसार असार १ गते बार्षिक बजेट आउनेछ ।
यसअघि सभामा भाग लिदै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिपक्ष दल बलियो हुनुपर्छ भन्ने सत्तापक्षको मान्यता रहेको बताउदै उनले भने –‘टिकाटिप्पणी हुनुपर्छ । सुझाव आउनुपर्छ । हामी प्रतिपक्षीको भुमिका खोज्छौं । टिप्पणी नाकारात्मकमात्र होइन । सरकारका सकारात्मक कुरा पनि प्रतिपक्षले उजागर गर्नुपर्छ ।’
