रेशमकाे घर पुगेर मुख्यमन्त्री शाहले गरे जेलमुक्त गर्ने प्रतिबद्धता

धनगढी । सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएकै दाेस्राे दिन मुख्यमन्त्री कमलवहादुर शाह नागरिक उन्मुक्ति पार्टीलाई फकाउन रेशम चौधरीको घरमै पुगेका छन्। नवनियुक्त मुख्यमन्त्री शाह विश्वासको मतका चौधरीको घरमै पुगेका हुन्।

नागरिक उन्मुक्तिको साथ नपाएपछि एक महिनामै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको मुख्यमन्त्री पद गुमेका बेला नवनियुक्त मुख्यमन्त्री शाह अहिलेदेखि नै लविङमा लागेका छन्। नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई समर्थन नगरे उनको मुख्यमन्त्री पद पनि धराप पर्ने भएपछि त्यसका लागि माहोल बनाउन लागिपरेका हुन्।

नेपाली कांग्रेस रेशम चौधरीको रिहाइको मागमा सकरात्मक रहेको देखाउँदै उन्मुक्तिलाई आफूतिर तान्ने नयाँ रणनीतिमा शाह देखिएका छन्।  ८ जना मानिसको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्न आफूले पहल गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.