दुई मन्त्रीसहित सुदूरपश्चिमका मुख्यमन्त्री रावलले लिए सपथ

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ खाएका छन्। बिहीवार साँझ मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

 मुख्यमन्त्री रावलसँगै अन्य दुई मन्त्रीले पनि सपथ खाएका छन्। मन्त्री पदकाे सपथ खानेमा माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापा रहेका छन्। उनीहरुको मन्त्रालय तोकिएको छैन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.