धनगढी । नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको उसकाे अनुमान छ।
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।