‘चुनावी बाचा पुरा गर्नेछु’ : नव नर्वाचित प्रदेश सांसद प्रकाश देउवा

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेसभा ख’बाट नव निर्वाचित सांसद प्रकाश देउवाले चुनावताका गरेका विकास निर्माणका बाचा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । सत्ता गठबन्धनकाे तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचितपछि धन्यवाद ज्ञापन गर्न धनगढी उपमहानगरपालिका वडा नंम्बर ३ का मतदातासँगकाे भेटघाटमा आईतवार देउवाले यस्ताे प्रतिबद्धता गरेका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तसँगै समानुपातिक उम्मेदवार सुशिला मिश्र भट्टकाे टिमसँग स्थानीय मतदाताले विगतमा जितेर गएका नेता जस्ताे नहुनु भन्दै खानेपानी, बाटाेघाटाे, डुवानकाे समस्या लगायतका चुनावी वाचा पुरा गर्न आग्रह गरेका थिए ।

मंसिर ४ गते सम्पन्न चुनावमा नेपाली काँग्रेसका तर्फबाट डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिएभने प्रदेशसभा क मा माओवादी केन्द्रका रमेश धामी र ख मा काँग्रेसकै प्रकाश देउवा निर्वाचित भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.