धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका छनभने प्रदेशसभा क मा माओवादी केन्द्रका रमेश धामी र ख मा काँग्रेसकै प्रकाश देउवा निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित पन्तले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरेका छन। विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार ३१८ मत पाए।
यसैगरी प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे।
प्रदेशसभा (क) मा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन् । उनले ९३८७ मत ल्याएर एमालेका नेपालु चाैधरीलाई हराएका हुन् । चाैधरीकाे ९२६२ मत थियाे ।