धनगढी। डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गरेका हुन् ।
प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मतमध्ये ओलीले १४ हजार ४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार १२८ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार मोहनबहादुर बमले एक हजार ३२७ मत मात्रै प्राप्त गरे भने एक हजार ७ सय ३२ मत बदर भएको छ । ओली र बमका बीच मतगणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा भएको थियो ।
डोटीमा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगर फराकिलो मतान्तरले अगाडि छन् भने प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्रबहादुर मल्ल अगाडि छन् ।