टिकट खोसिएपछि मुख्यमन्त्री भट्ट असन्तुष्ट

धनगढी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यकालागि नेकपा माओवादी केन्द्रले गरेको उम्मेदवार छनौंटप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट असन्तुष्ट भएका छन् । प्रदेशसभा सदस्यमा दोहरिने तयारीमा रहेकाबेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि असन्तुष्ट भएका हुन् ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)काअनुसार जिल्ला पार्टीले डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको सिट एकीकृत समाजवादीका भागमा परेपछि मुख्यमन्त्री भट्टलाई अध्यक्ष प्रचण्ड लगायतको पार्टी पदाधिकारीले पुनः प्रदेशमा दोहरीन भनेको थियो । केहि दिनअघि पार्टी केन्द्रीय नेतृत्वलाई भेट्न काठमाण्डाैं पुगेका मुख्यमन्त्री भट्ट सोही मुताविक कार्यक्षेत्रमा फर्केको र अहिले आएर प्रदेशसभा सदस्यको टिकट पनि अन्यलाई दिएकोले पार्टीको पोलिटब्युरो सदस्यसमेत रहनुभएका मुख्यमन्त्री असन्तुष्ट रहेको सचिव कुँवरले बताए ।

सत्ता गठबन्धनको सिट बाडफाँडमा प्रदेशतर्फ डोटी ख‘ नेकपा माओवादी केन्द्रका भाग परेको भएपनि यसअघि उम्मेदवारको चर्चामा रहेका मुख्यमन्त्री भट्ट नपरेर उनका प्रमुख स्वकीय सचिव शिबसिं ओलीले पाएको छ । यसबारे जिल्ला पार्टीबाट ओलीसँगै सिफारिस भएका अन्य उम्मेदवारले संयुक्त प्रेस बक्तब्य सार्वजनिक गर्दै षडयन्त्रपूर्वक टिकट दिइएको र आफुहरुको कुनै सहयोग नरहने उल्लेख गरेकाे छ ।

उता, मुख्यन्त्री भट्टले पनि पार्टीको यो निर्णयले आफु स्तब्ध भएको र छलफलबिना उम्मेदवारलाई जिताउन प्रचारमा जान नसकिने बताएका छन् । माओवादी केन्द्रले डाेटी, अछाम, कैलाली, कञ्चनपुर लगायत जिल्लामा आकाँक्षी धेरै भएपछि टिकट दिने जिम्मा पार्टीकाे प्रदेश इञ्चार्ज र अध्यक्षलाई दिएकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.