काठमाण्डाैं । लामाे रस्साकसी पछि सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज सिट बाँडफाँट टुंगो लगाउन पुगेका छन् ।
सहमति अघि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक बिहान बसेकाे एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलमा छलफल भएपछि शीर्ष तहमा सहमति गरिनेछ ।
कार्यदलका एक सदस्यका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत देखिएको छ । कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति खोज्ने तयारी शीर्ष नेताहरूले गरेका छन् ।