डोटीबाट प्रतिनिधि सभामा मुख्यमन्त्री भट्ट सर्वसम्मत सिफारिस

डोटी । आगामी मंसिर ४ गते हुने निर्वाचनकालागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति बैठकले डोटीले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।

माओवादी केन्द्रका पाेलिटब्यूराे सदस्य समेत रहेका भट्टलाई सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्र डोटीका पार्टी संयोजक कमल बहादुर गड्सिलाले बताए । उनकाअनुसार पार्टीले प्रतिनिधि सभा समानुपातिक तर्फ ५ जना सिफारिस गरेको छ । सिफारिस हुनेमा खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक र जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठ रहेका छन् ।

त्यस्तै प्रदेश सभाका लागि पनि उम्मेदवार सिफारिस भएका छन् । प्रदेश सभा “क” र “ख” दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ ३/३ जना सिफारिस भएका छन् । प्रदेश सभा “क” का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बल बहादुर ओली सिफारीस भएका छन् भने “ख” का लागि शिव सिंह ओली, मीन बहादुर घर्ती विश्व र प्रेम कुवर प्रख्यात सिफारिस भएका छन् ।

समानुपातिक तर्फ प्रदेश सभा “क” तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विक रहेका छन्, भने प्रदेश सभा “ख” तर्फ सिद्ध राज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.