धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन धनगढी पुगेका उनले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कार्यदलले आज साँझसम्म प्रतिवेदन बुझाउने र भोलि शीर्ष नेताको तहबाट अन्तिम रूप दिइने बताएका हुन्।
सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने गरी सबै पार्टीका प्रतिनिधिहरू लागि परेको बताए। दलहरूमा आ-आफ्नो दाबी भए पनि सहमती नजिक पुगेको उल्लेख गरे। उनले भने, ‘कांग्रेस एक सय सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना देखिएको छ। हामीले ६० भनेका छौं थोरै तलमाथि होला। समाजवादीको २५ वरिपरि हुनसक्छ। यसैकै आधार सबैजना बसेर टुंग्याउछौँ ।’
अहिलेको मुख्य विषय निर्वाचन नै भएकोले सत्तारूढ दल तालमेल गरेरै चुनावमा जाने उनकाे भनाई थियाे।