सुदूरपश्चिम प्रदेशसभाकाे चालु अधिवेशन भोलीदेखि अन्त्य हुने

मन्त्रीपरिषद बैठकका निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशन शुक्रबार भाेलीदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठैकले सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिंदै सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको चालु दशौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको बताए । आज बसेको मन्त्रीपरिषद बैठकले यही एउटा मात्रै निर्णय गरेको उनको भनाई थियो ।

बजेट अधिवेशनकारुपमा हेरिने प्रदेशसभाको चालु अधिवेशन गत जेठ १६ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनवाट प्रदेशसभाले सरकारको नीति तथा कार्यक्रमसँगै चालु आर्थिक वर्ष २०७९/०८० कालागि नयाँ बजेट ल्याउनुकासाथै महत्वपूर्ण केही विधेयकसमेत पास गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.