धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले काठमाण्डाैं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा सङ्ग भेटवार्ता गरेका छन् । आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा सुदूरपश्चिम प्रदेशकाे समग्र विकासबारे छलफल भएकाे मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए ।
भेटवार्तामा मुख्यमन्त्री भट्टसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री डाक्टर रणवहादुर रावल र सामाजिक विकासमन्त्री गाेविन्दराज बाेहरा सहभागी थिए । मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव ओलीका अनुसार जनतासँग प्रत्येक्ष सराेकार राख्ने बिशेष गरी गेटा मेडिकल कलेज संचालन, सेती प्रादेशिक अस्पताललाई पाँचसय बेडमा स्तरोन्नति लगायतका विषयमा छलफल भएकाे थियाे ।
भेटका क्रममा आगामी निर्वाचन र सुदूरपश्चिम प्रदेशको समसामयिक विषयमा पनि छलफल भएकाे बताइएकाे छ ।