कञ्चनपुरकाे दैजी–छेलामा यस्तो बन्दैछ औद्योगिक क्षेत्र

धनगढी । सुदूरपश्चिमकै गाैरवकाे याेजनामा रहेकाे कञ्चनपुरको ३ सय ५५ बिघा क्षेत्रफलमा दैजी–छेला औद्योगिक क्षेत्रकाे कार्य अगाडी बढेकाे छ । उद्योग स्थापनाका लागि रुख छपान तथा नम्बरिङ्गको आधा काम सकिएको छभने औद्योगिक प्लटहरु ३२ दशमलव ८८ र सडक १६ दशमलव ४७ प्रतिशत रहने गरी डिजाइन गरिएको छ।

औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्र २३, वन कार्यालय क्षेत्र २ दशमलव १६, प्रशासकीय तथा सेवा क्षेत्र १ एक दमलव ५४, हेलिप्याड, पेट्रोल पम्प, सवारी साधनहरुको पार्किङ २ दशमलव ५३, सशस्त्र सुरक्षा बलका लागि ३ दशमलव ३६, आवासीय क्षेत्र ३ दशमलव ९०, विद्युतीय सबस्टेशन २ दशमलव १५ तथा जलीय लगायत अन्य क्षेत्रका लागि ११ दशमलव ९१ प्रतिशत क्षेत्र छुट्याइएको छ।

याेसँगै दैजी–छेला औद्योगिक क्षेत्र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने देखिएपनि वनका कारण औद्योगिक क्षेत्र निर्माणमा समस्या भइरहेको अवस्था थियो। अब रुख छापान र कटानको फाइल वन मन्त्रालयबाट स्वीकृत भइसकेकाले निर्माणले छिट्टै गति लिनेमा निजी क्षेत्र आशावादी देखिएको छ ।

झण्डै ८ अर्ब लागतमा निर्माण हुने सो औद्योगिक क्षेत्रमा कृषि, खनिज तथा विद्युतजन्य उद्योगहरु स्थापना गरिनेछ। फलफुल तथा तरकारी, मासु प्रशोधन, जडिबुटीजन्य, सूर्तिजन्य, कुखुरापालन, चिनी, दूग्धजन्य, मैदा, चाउचाउ, शिशु खाद्य, कागज, काष्ठजन्य, टेक्सटाईल, गार्मेन्ट, फलाम तथा स्टिल, कस्मेटिक, निर्माण सम्बन्धी उद्योगहरु स्थापना गर्ने योजना छ।

औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कार्यालय स्थापना गर्न मिल्ने पूर्वाधार डीजाइन गरिएको छ। पूर्वाधारतर्फ ४ लेनको मुख्य सडक, साईकल लेन र पैदल यात्रु लेन, वर्षा र ढलको पानीको लागि छुट्टै ड्रेन, फोहोर पानी प्रशोधन केन्द्र, सिंगल इन्ट्री र सिंगल एक्जिटको व्यवस्था, २४ घण्टा सुरक्षा, ४० मेगावाट विद्युतको छुट्टै फिडर लाइन, उद्योग संघ, बैंक, शिशु स्याहार केन्द्र, एटिएम, डिस्प्ले सेन्टर, स्वास्थ्य क्लिनिक र एकीकृत भन्सार चेकपोष्ट हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.