यस्ताे छ-सर्वसम्मतिले पारित सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले विहीवारकाे बैठकमा निर्णयार्थ पेश गरेका थिए । यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री त्रिलाेचन भट्टले जफाव दिएका थिए । उनले संघीय सरकारले काम गर्ने वातावरण नै नबनाई दिँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए । ‘एकल अधिकार भएका क्षेत्रमा पनि संघकै कारण काम गर्न सकिएन,’ मुख्यमन्त्री भट्टले भने, ‘साझा अधिकार क्षेत्रमा संघले समयमै नीति निर्माण नै नगरेर अल्झाउने काम गर्‍यो । जस कारण हामीले सोचे अनुरूप सफलता हासिल गर्न सकेनौं ।’

सभाको छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, एकीकृत समाजवादी पार्टीकी अर्चना गहतराज, एमालेका बलदेव रेग्मी, गेल्बुसिंह बोहरा र रतनबहादुर थापाले भाग लिएको थिए ।

यस्ताे छ प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.