उपमेयरमा लड्न धनगढी-३ का वडाअध्यक्ष ऐरद्वारा राजिनामा

धनगढी । देशभरकै स्थानीय जनप्रतिनिधि मध्ये अग्रपङ्तिमा गनिने धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलवहादुर ऐरले आफ्नाे पदबाट राजिनामा दिएका छन् । यही ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीले उपमेयरकाे उम्मेदवारमा सिफारीस गरेपछि वडाअध्यक्ष ऐरले निर्वाचन अचारसंहिता पालना गर्दै बहाल रहेकाे पदवाट राजिनामा दिएका हुन् ।

गत निर्वाचनबाट धनगढी उप-महानगरपालिका वडा नम्बर ३ काे वडाअध्यक्षमा निर्वाचित युवा नेता ऐेरले धेरैजसाे काम कारवाहीमा पार्टी राजनीति भन्दा माथि उठेर सम्पूर्ण जनताकाे सेवामा तल्लिन रहेका थिए । बिकासवादी नेता ऐर यही काम गराईले माओवादीका अमुक नेता भन्दा सच्चा जनप्रतिनिधी कहलिएका थिए ।

यसअघि उनकाे धनगढी उप-महानगरपालिकाकाे मेयरमा उठ्ने चर्चा भएपनि पार्टीले चुनावी गठबन्धन गर्दा उपमेयर भाग लागेपछि युवा नेता ऐर उपमेयरमा लड्न तयार भएका हुन् । उनले वडाध्यक्षकाे हैसियतमा पाएकाे सवारी लगायतका सबै सुविधाहरु उपमहानगरपालिकालाई फिर्ता गरेकाे बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.