विगतका संघ्रर्षकाे उपलब्धि रक्षा गर्न क्रान्तिकारी ध्रुवीकरण: प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताएका छन् । कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनुपर्छ । अब लाग्न ०७९ त साल नै लागिसक्यो । तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ ।’

उनले अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएको भएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताए । देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने उनको भनाइ छ । प्रचण्डले भने, ‘हामीमाथि कसैले आइलाग्छ भने इटको जवाफ पत्थरले दिनुस् । माओवादी आन्दोलन र संघर्षका मैदानमा हारेको छैन । पछिल्लो समय माओवादी कमजोर भएजस्तो बेलामा जाली फटाहाहरूले ठाउँको उठाउन खोजेका छन् । माओवादीलाई नम्बर एक पार्टी बनाउनुपर्छ ।’

उनले विप्लव, बाबुराम, वैद्यहरूसँग भएका साथीहरू कतै अल्मलिएर माओवादीमा फर्किन आग्रह गरे । ‘ढिलो नगरी वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु’ प्रचण्डले भने, ‘तपाईंहरूलाई अन्याय गरिने छैन ।

माओवादीले विजय भएन भने देशले दुख पाउँछ भन्नेमा सबै लाग्नुस् । महान एकताको प्रक्रियामा सहभागी हुनुस् । मैले गरेको आग्रहलाई सामान्य रुपमा नलिनुस् ।’ देशको राजनीतिको केन्द्र अहिले पनि माओवादी नै भएको दाबी गरे । ०६४ मा जनताले देशको बागडोर सुम्पिए जस्तै अहिले पनि त्यही अवस्थामा फर्काउन लाग्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.