डोटी । स्थानीय चुनाव नजिकिएसँगै डाेटी सायलकाे बिरलकाडा माओवादीमय बनेकाे छ । नेपाल कम्युनिस्ट पार्टी सायल गाउँ पालिका वडा नम्बर -६ ले आयोजना गरेको कार्यक्रममा सिङ्गो बिरलकाडा माओवादी केन्द्रमा प्रवेश गरेको हाे ।
माओवादी केन्द्रका सुदूरपश्चिम सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र बहादुर साउद केविले गाउँका सबैलाई फुलमाला तथा टीका लगाएर पार्टीमा स्वागत गरेकाे सायलका वाइसीएल इन्चार्ज निर्मल ऐरले बताए । उनले भने पार्टीमा सबैलाई स्वागत गर्न पाउँदा केवी हर्षित भएका थिए । जन्म स्थान बिरलकाडामा स्थानीयले केवीकाे पनि भव्य स्वागत गरेको वडा संगठन अध्यक्ष अमर नागरिले जानकारी दिए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवं सायल इन्चार्ज भक्त बहादुर सिङ, अतिथिहरु क्रमशः पार्टीका सचिवष डबल बहादुर सिङ, निर्वाचन क्षेत्र ‘क’ का सचिव अमर साउद, सायलका अध्यक्ष डबल बहादुर साउद रहेको सुदूरपश्चिम पर्यटन विभाग सदस्य तेजबहादुर डुम्रेलले बताए । उनका अनुसार डाेटीमा काङ्ग्रेस, एमाले परित्याग गरि पछिल्लो समय माओवादी केन्द्रमा प्रवेश गर्नेकाे लर्काे लागेको छ ।