सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस सहभागी हुँदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । नेपाली काँग्रेस पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबार बसेको दोस्रो बैठकमा समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन् ।
सत्ता गठबन्धनकाे चुनावी रणनीति अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस सहभागी हुन लागेकाे उनकाे भनाई थियाे । सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वमा रहेकाे वर्तमान सरकारलाई नेकपा(एकीकृत समाजवादी)ले समर्थन गरेको छ । बैठकमा सहभागी एक नेताकाअनुसार केही दिनभित्रै प्रदेश सरकार पुनर्गठन गर्ने गरी केन्द्रबाट तयारी भइरहेको बैठकमा खड्काले ब्रिफिङ गरेका थिए। “सुदूपरश्चिममा हामी सरकारमा छैनौँ । केही दिनभित्रै हामी सत्तारूढ दल बन्दैछौँ ।”
सरकारमा कसरी र कोको सहभागी हुने भन्नेबारे छलफल भइरहेको छ,” खड्काको भनाइ उद्धृ गर्दै बैठकमा सहभागी ती नेताले भने, “यो पनि हाम्रो चुनावी रणनीति हो । अब हामी चाँडै सरकारमा जान्छौँ ।”