पुरा कार्यकाल चल्ने प्रदेश सरकारमा सुदूरपश्चिम प्रदेश रेकर्ड बनाउने
धनगढी । सरकार गठन भएसँगै सरकारभित्र र बाहिरवाट घेराबन्दीमा परेकाे त्रिलाेचन भट्ट नेतृत्वकाे सरकार सारा व्यबधान पन्छाउदै प्रदेश सरकार मध्येकाे अहिलेसम्म नेपालकै लामाे समयकाे सरकार बन्न सफल भएकाे छ । संघीयता कार्यान्वयनकाे पहिलाे चरणमा गठित सबै प्रदेश सरकार विघटन हुँदै नयाँ नेतृत्वमा गठन भएपनि सुदूरपश्चिम प्रदेश सरकार भने निरन्तर जाने देशकै पहिलाे प्रदेश सरकार हुन पुगेकाे हाे ।
संघीय राजनीतिक फेरवदलसँगै चुनाबवाट गठन भएका सरकार विघटन हुँदै नयाँ गठबन्धनका सरकार बन्दा सुरक्षित सुदूरपश्चिम प्रदेश सरकारबारे पछिल्लाे दिनमा निक्कै अबवाह फैलाईएकाे सत्ता गठबन्धनकाे दाेस्राे ठूलाे दल नेकपा माओवादीका एक प्रदेश संसदले बताएका छन् । उनकाअनुसार प्रचण्डकाे भनाईकाे एक छेउलाई टेकेर सरकार परिबर्तन हुनसक्ने भन्ने कुरा निराधार हुन् । उनले भने- ‘यद्दपी सरकार गठबन्धनभित्र काँग्रेस लगायतका दललाई ल्याउनमा नेतृत्वकर्ता दलकाे हैसियतले माओवादी पार्टी सकारात्मक छ ।’
धनगढी आएसँगै पत्रकारकाे जफावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशसभामा ठूलाे दल नेकपा एकिकृत समाजवादीले सरकारकाे नेतृत्वमा दावी गरेकाे तर बाग्मतीमा ठुलाे दल माओवादी केन्द्रले समाजवादीलाई नेतृत्व दिएकाेले सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व निरन्तर चलिरहने बताएका थिए । बाग्मति प्रदेश सरकारकाे नेतृत्व माओवादी केन्द्रलाई दिए सुदूरपश्चिमबारे साेच्न सकिने उनकाे भनाई थियाे ।
यही कुराेलाई बङ्ग्याउदै अन्य दलहरुले मिडियालाई उचालेर सरकार स्थायित्वप्रति भ्रम मच्चाई रहेकाे प्रदेश सरकारका एक मन्त्रीले गुनासाे गरेका छन् । संघीय गठबन्धनभित्रका दलसँगकाे समझदारीमा प्रदेश सरकार चलिरहेकाे दावी गर्दै उनले भने- ‘मन्त्रालय नै चाहिने हाे भने पनि एक/एक मन्त्रालय दिन सकिन्छ,’ त्यसकालागि छलफल गर्न सकिने उनकाे भनाई छ । देश चुनावमा हाेमिएकाेले अव सरकार परिवर्तनका कुरा हल्ला मात्रै हुने उनकाे दावी छ ।